समाचार

३४५ ग्राम सुनसहित एकजना पक्राउ



काठमाडौँ, १२ माघ । अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४५ ग्राम सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका चितवन भरतपुर उपमहानगरपालिका १३ का सुवास गुरुङलाई प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाएर ल्याएको उक्त सुनसहित पक्राउ गरेको हो ।

यस्तै सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका ९ का ३१ वर्षीय टकबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।