राजनीति

काँग्रेसद्वारा थप आन्दोलनको घोषणा



काठमाडौँ, १३ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो  ।

यसअघि काँग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र  माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।