काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन ।
शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा आजबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ ।

कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइने छ ।
कोरोनाविरुद्धको खोप लगाइने काठमाडौंका १२ अस्पतालहरु
१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२. वीर अस्पताल, महाँकाल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल, लगनखेल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली
६. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
७. काठमाडौं मोडेल अस्पताल, बागबजार
८. काठमाडौं मेडिकल कलेज, जोरपाटी
९. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
१०. सहिद गंगालाल अस्पताल, बाँसबारी
११. नेपाल मेडिकल कलेज, अत्तरखेल
१२. वीरेन्द्र सैनिक अस्पताल, छाउनी










प्रतिक्रिया दिनुहोस्