Banner News

आयोगको निर्णय चित्त नबुझे प्रचण्डले अर्को पार्टी दर्ता गरे हुन्छ: मन्त्री पोखरेल



उदयपुर, १५ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णय प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताएका छन् ।

आज उदयपुर कटारीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै मन्त्री सूर्य पोखरेलले सूर्य चिह्न केपी अ‍ोलीले नेतृत्व गरेको मूल नेकपासँगै रहने बताएका हुन् ।

उनले भने,  ‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ ।’

उनले निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर निर्वाचनमा सहभागी भए प्रचण्ड माधव नेपाललाई साथमै लैजान सकिने बताए । उपप्रधानमन्त्री पोखरेलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको समेत बताए ।