काठमाडौँ, २ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताएका छन।
सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको उत्तिकै भएको बर्ताए ।
“संविधानको प्रभावकारी कार्यान्वयन र निर्वाचन गराउन दलहरुबीचको एकता आवश्यक छ,” उनले भने– “दलहरुले आपसी मतभेद छाडेर अहिलेसम्मका उपलब्धि जोगाउनतर्फ लाग्नुपर्छ ।” निर्वाचनका लागि खुट्टा नकमाउन उनले सरकारसँग आग्रह गरे। नेता सिंहले संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेकाले यसका लागि नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए ।
सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न दत्तचित्त भएर लागेको बताए । निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको उनको भनाइ थियो । रासस
प्रतिक्रिया दिनुहोस्