काठमाडौँ, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएका छन ।
आज सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै अध्यक्ष थापाले नयाँ चुनावको समर्थन केपी ओली र सरकारको समर्थन नभएको बताएका हुन ।
अध्यक्ष थापाले विगतको अनुभवका आधारमा संविधानले स्थिरतालाई जोड दिए पनि बहुमतको सरकार चल्न नसके नयाँ चुनाव प्रजातन्त्रको सर्वमान्य प्रजातान्त्रिक अभ्यास भएको जिकिर गर्दै देशको निकाशका लागि ताजा जनादेश नै उपयुक्त भएको उल्लेख गरेका छन ।










प्रतिक्रिया दिनुहोस्