काठमाडौँ, १८ माघ । थप १ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ८८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ जना रहेको छ । आज २ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार २९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्