Banner News

प्रधानमन्त्री ओलीको समर्थनमा बृहत् मोटरसाइकल र्‍याली (फोटो फिचर)



काठमाडौँ, २१ माघ । नेता महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

आज १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरपाेर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्नेछ ।