Banner News

थप १७१ जनामा कोरोना संक्रमण, २ सय २७ जना डिस्चार्ज



काठमाडौँ, २२ माघ । थप १ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय २७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार २ सय ९२ जना रहेको छ । आज २ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार ३३ जना पुगेको छ ।