राजनीति

कांग्रेसले ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गर्दै



काठमाडौँ, २४ माघ । संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले देशभरका ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा। प्रकाश शरण महतले जानकारी दिभनुभयो । शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा. महतले बताउनुभयो । नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् ।

काठमाडौँको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गर्ने भएको छ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् ।

कांग्रेसले संसद भङ्ग भएको मुद्धा सर्वोच्च अदालतमा रहेको भन्दै न्यायालयलाई प्रभावित बनाउने गरेर कुनै पनि गर्न नहुने जनाउँदै आएको छ । कांग्रेसले सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने जनाइसकेको छ ।