समाचार

आजको मौसम



काठमाडौँ, २७ माघ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सफा रहनेछ ।

आज राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज विहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो काठमाडौंमा पारिलो घाम लाग्ने छ भने तापक्रम २०–२२ डिग्री सेल्सियससम्म पुग्ने छ ।