काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
प्रधानमन्त्री ओलीले आयोगमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने बताइएको छ । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।
आयोगमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु प्रधानमन्त्री ओलीभन्दा केही समय अगाडि आयोगमा पुगिसकेका छन ।
यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।










प्रतिक्रिया दिनुहोस्