काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले सामाजिक क्षेत्रमा हुने अनियमितता तथा भ्रष्टचार नियन्त्रणमा ठीक ३० वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको भन्दै स्वायत संस्थाको रुपमा विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका हुन् ।
उनले राजनीतिक परिवर्तनसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहेपनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्