सम्पादकीय

स्कुलमै विद्यार्थीको मृत्यु रहस्यमय



काठमाडौं, ३ वैशाख । सामाखुसीस्थित नेपाल प्रहरी स्कुलमा कक्षा ८ मा अध्ययनरत कुन्दन थापाको मृत्युको कारण सार्वजनिक नगरिएकोमा पीडितका आफन्त विरोधमा उत्रिएका छन् । थापाको स्कुल परिसरमा चैत १६ गते रहस्यमय रपमा मृत्यु भएको थियो। मृत्यु भएको १८ दिन बितिसक्दा पनि के कारणले घटना भएको हो थाहा पाउन नसकेको पीडितका आफन्तले बताए ।

थापाको मृत्युलाई लिएर अविभावकहरूले ११ दिनदेखि स्कुलको गेटमा धर्ना दिइरहेका छन् । के कारणबाट मृत्यु भएको हो भन्ने प्रहरीले घटनाबिवरण सार्वजनिक नगर्दा आफन्तहरू आक्रोशित भएका हुन् । नवलपरासी घर भइ टोखा नगरपालिका(१३ बस्ने कुन्दनको स्कुल परिसरभित्र सार्वजनिक बिदाको दिन चैत १६ मा मृत्यु भएको थियो । कान्तिपुरमा समाचार छ ।