राजनीति

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ



काठमाडौँ, ३० माघ । भूगर्भ  विभागले दैलेखमा  पेट्रालियम  पदार्थ  अन्वेषणको  ड्रिल  गर्ने काममा ढिलाइ गरिरहेको छ ।विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ ।

गत  मङ्सिरदेखि  ड्रिल  सुरु गर्ने   बताएको   विभागले   कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको   भन्दै   फागुनदेखि   ड्रिल गर्ने जनाएको  थिया । अहिले  भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी  रहेको  विभागका  उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए ।

लामो  समयको  बन्दाबन्दीका कारण   ड्रिल   उपकरण   ल्याउन नसकिएको   र  चिनियाँ   अध्ययन टोली  नेपाल  आउन  ढिलाइ  हुँदा मिति सारिरहनु परेको छ । ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने  उपकरणसहित  नेपाल आउने तयारी गरेको उपनिर्देशक रजारेले जानकारी दिए । अध्ययन समूहले  ड्रिल  गर्ने‚थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।