जनकपुरधाम, ३० माघ । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझदेखि हराएका पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसु खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्