समाचार

थप १३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि



काठमाडौँ, २ फागुन । नेपालमा थप १३ जनामा कोरोना नयाँ प्रजाति कोरोना पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा नयाँ प्रजातिको भाइरस भेटिएपछि तीनको सम्पर्कमा आएका १२ जनाको नमुना परीक्षण गरिएको थियो । शनिबार १२ जनाकै नतिजामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको जनाएको छ ।

नेपालमा पहिलोपटक गएको पुस २७ गते तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए ।