Banner News

निर्वाचन आयोगले भन्योः ६२ जिल्लाको मतपत्र छपाई सकियो



काठमाडौं, ३ बैशाख। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले अहिलेसम्म ६२ जिल्लाको मतपत्र छापिसकेको जनाएको छ ।

संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बाँकी १३ जिल्लाको मतपत्रको छपाई कार्य चाँडै सकिने जानकारी दिनु दिए ।

प्रमुख आयुक्त यादवले मतपत्रको छपाई कार्य सकेर ब्याण्डिङ गरेपछि त्यसको ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनाले लिने वताए ।

बैठकमा प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचनमा ६४ प्रकारका सामाग्री आवश्यक पर्ने र त्यसमध्ये मतपत्रको सुरक्षा सेनाले गर्ने र अन्य ६३ सामाग्रीको सुरक्षा प्रहरीले गर्ने जानकारी गराए ।
चीनले १२ प्रकारका निर्वाचन सामाग्री सहयोग गरेको र भारतबाट आउने सामाग्रीको प्रक्रिया अघि बढेको यादवले राज्य व्यवस्था समितिलाई जानकारी गराए ।