काठमाडौँ, ४ फागुन । चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर नै चल्न थालेको छ ।

पछिल्लो केही समय यता जसपाका दर्जनौं केन्द्रीय नेताहरु प्रधानमन्त्री ओली निकट नेकपामा प्रवेश गरेका छन् । यो सँगै आगामी निर्वाचनमा प्रधानमन्त्री ओली निकट नेकपाले तराई क्षेत्रमा व्यापक जनमत सिर्जना गर्ने देखिएको छ । विगतमा प्रधानमन्त्री ओलीलाई तराई विरोधी भनि जवरजस्त विल्ला भिराइएकोमा वर्तमान समयमा प्रधानमन्त्री ओली तराई विरोधी नभई तराईको विकास र समृद्धिको मूख्य व्यत्तित्व भएको भन्दै अन्य दल परित्याग गर्दै नेकपामा प्रवेश गरिरहेका छन् ।

हिजो ओली निकट नेकपामा प्रवेश गर्नेहरुमा जसपाका केन्द्रीय सदस्य एवम् रौतहट क्षेत्र न. २ को प्रतिनिधि सभाको बिगतको निर्वाचनमा निकटतम प्रत्यासी किरण साह र नेपाली कांग्रसका नेता तथा जनकपुर बृहतर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर बिगतका पार्टी परीत्याग गरि ओली निकट नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीले बालुवाटारमा प्रधानमन्त्री ओलीको हातबाट टिका तथा खादा लगाई नेकपा प्रबेश गर्नु भएको छ ।











प्रतिक्रिया दिनुहोस्