Banner News

राष्ट्रपति भण्डारीको राजकीय भारत भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा



काठमाडौँ, ३ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।