समाचार

आजको मौसम



काठमाडौँ, ५ फागुन । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।  प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ

त्यस्तै तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने छ महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई  स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।