शैक्षिक

कृष्ण राईको संयोजकत्व २४४ सदस्यीय एमालेको महानगर संगठन कमिटी गठन



काठमाडौँ, ३ वैशाख । नेकपा एमालेले कृष्ण राईको संयोजकत्वमा २४४ सदस्यीय काठमाडौँ महानगर सङ्गठन कमिटी गठन गरेको छ ।

नेकपा ९एमाले०का कार्यवाहक अध्यक्ष वामदेव गौतमले यहाँ आज आयोजित एक कार्यक्रकाबीच कमिटीका संयोजक र सदस्यहरुलाई सपथ दिलाउनुभयो ।

सो अवसरमा कार्यवाहक अध्यक्ष गौतमले काठमाडौँ जिल्लामा पार्टीभित्र खासै विवाद नरहेको बताउँदै देशव्यापी रुपमा एमालेको शक्ति देखेर प्रतिस्पर्धी तेर्सिएको छ भन्नुभयो ।

पार्टीकातर्फबाट योग्य, सक्षम र लोकप्रिय कार्यकर्ताले महानगरको प्रमुख र उपप्रमुख पदको टिकट पाउने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ र केन्द्रीय सदस्य एवम् काठमाडौँ इन्चार्ज सावित्रा भुसालले प्रभावकारी रुपमा काम गर्न नवगठित कमिटीलाई आग्रह गर्नुभयो ।