Banner News

प्रम ओलीद्वारा अदालतको अवलेहना मुद्दामा लिखित जवाफ (पूर्णपाठ)



काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवलेहना मुद्दामा लिखित जवाफ दिएका छन् ।

आज लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन । सर्वोच्च अदालतमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताएका छन् ।

‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ उनले भनेका छन् । हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको बताएका छन् ।

लिखित जवाफ हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला:

KP Oli Jawaf