काठमाडौँ, ६ फागुन । नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले सदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने बताएका छन् ।
नेकपा कार्यकर्ता भेटघाटमा उनले वैशाखमा निर्वाचन हुने र निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ नेता नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्