मनोरञ्जन

म्युजिक भिडियोमा ‘मिलन’



काठमाडौं, ३ वैशाख । विकास श्रेष्ठ (मिलन) म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका छन् ।

विभिन्न डकुमेन्ट्रि र विज्ञापनहरुको निर्देशन गरिसकेका मिलनले अञ्जना राईको पहिलो प्रस्तुती ‘सितको थोपा’ बोलको गीतबाट म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका हुन् ।

सुरेन रानाको शब्द रहेको गीतको संगितकार गणेश गुरुङ हुन् । बि टू फिल्मस्को व्यानरमा बनेको उक्त म्युजिक भिडियोको छायांकन प्रदिप गुरुङले गरेका हुन् भने सम्पादन माधव वेलवासेले गरेका हुन् ।

बविना पौडेल, सुनिल बलाल र अनुपा श्रेष्ठको अभिनय भिडियोमा देख्न पाइन्छ । इमेज च्यानलको चर्चित कार्यक्रम ‘इमेज लोक कलाकार’बाट प्रस्तोता र निर्माताका रुपमा दर्शकले अत्याधिक रुचाइएका श्रेष्ठलाई म्युजिक भिडियोमा कत्तिको सफलता मिल्नेछ त्यो हेर्न बाँकी छ ।