काठमाडौँ, ८ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेकोमा देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताउनुभएको छ ।
‘शहीदले राष्ट्रका लागि दिएको त्याग, बलिदान कसैका लागि सत्ताप्राप्त गर्ने भर्याङमात्र भएको हो कि भन्ने संशय उत्पन्न भएको छ,’ उहाँले थप्नुभयो–सत्ताका लागि थोरै पनि धैर्य गर्न नसक्ने, पद, प्रतिष्ठा, पैसाका लागि मरिहत्ते गर्ने, देश र जनताका लागि भन्दा पनि आफू र आफ्ना आफन्तका लागि राजनीति गर्ने प्रवृत्ति हावी हुँदै जानुले शहीदको बलिदानीको अवमूल्यन भएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– ‘एकातिर विकास, समृद्धिको सपना र प्रतिवद्धता, अर्कोतिर पटकपटक अवसर पाइसकेकाको पुनः सत्तास्वार्थ र निजी महत्वाकांक्षा । एकातिर जनमतको विश्वास र भरोसा, अर्कोतर्फ सत्ताप्राप्तिका लागि अराजकता र अतिरञ्जना देखियो ।’ यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्