समाचार

आज काठमाडौँका यी ठाउँमा बत्ती जाने (सूचीसहित)



काठमाडौँ, ८ फागुन । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ ।

लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने भएको छ ।

रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।