Banner News

प्रचण्ड–माधव समूहमा लाग्यो फेरी ठुलो झट्का



काठमाडौँ, ८ फागुन । पाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहमा फेरी ठुलो झट्का लागेको छ ।

पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएपछि दाहाल–नेपाल समूहमा झट्का लागेको हो ।

प्रचण्ड(माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड(माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

तामाङ चुनावमा सिन्धुपाल्चोक(२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।