समाचार

आजको मौसम



काठमाडौँ, ९ फागुन । हाल हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक  रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा   रहेको छ ।

आज प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।