समाचार

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी



काठमाडौँ, १५ फागुन । झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक मल  र  झोल  मल  उत्पादन गरिने  योजना  रहेको  दमक  नगरपालिकावातावरण  शाखा  प्रमुख ज्ञानेन्द्र  चौधरीले  बताए ।

यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन  क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा  नगरको  फोहोर  लगेर अजैविक  अर्थात् प्लास्टिकयुक्त र जैविक   तथा   कुहिने  वर्गको  फोहोर  छुट्याइन्छ  ।

यसरी  छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५   दिनसम्म कुहाइन्छ  । यसरी कुहिएको  फोहोरबाट  मिथेन बायोग्यास  उत्पादन  हुन्छ  । उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।