समाचार

साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खेल्ने पक्राउ



काठमाडौँ, १६ फागुन । प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको हो । ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको प्रहरीको दाबी छ ।

सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी अर्यालले बताए । फागुन १३ मा पक्रेर प्रज्वललाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।