काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबारबाट प्रि–मनसुनको सिजन सुरु भएको छ । आज विहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यस्तै आज राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्