Banner News

थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना डिस्चार्ज



काठमाडौँ, १८ फागुन । थप ७८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ७४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ५ सय ४३ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ जना पुगेको छ ।