समाचार

आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने



काठमाडौँ, २० फागुन । आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ ।

पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गएको माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो  । पहिलो चरणमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।