राजनीति

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ: प्रधानमन्त्री ओली



काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताउनुभएको छ ।

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताउनुभयो ।

उहाँले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरंकुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन श्रृष्टि भएको भनाइ राख्नुभयो ।