काठमाडौँ, २२ फागुन । आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । आज बिहान देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।
त्यस्तै, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागहरुको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्