मो. इमरान खान
कपिलवस्तु ४ वैशाख । मुस्लिम समुदायका बालबालिकाले छात्रबृत्ति नपाएका भन्दै राष्ट्रिय मदरसा संघका सचिब मौलाना मशहुद खाँ नेपालीले गुनासो गर्नु भएको छ । धार्मीक रुपमा संचालित मदरसामा पढने बालबालिकालाई छात्रावृत्तिबाट बन्चित गरेको उंहाको आरोप छ ।
नेपाल अधिराज्य भर सबभन्दा बढी मदरसा भएको जिल्ला कपिलबस्तु हो । त्यसमा पनि नेपाल सरकारले केहि मदरसालाई मात्र आर्थिक सहयोग गर्दै आएको छ उहांले भन्नु भयो – कपिलबस्तुमा ३ सय ५० मदरसा संचालनमा भए पनि १ सय ४० मदरसाले मात्र मान्यता पाएका छन । आर्थिक सहायता पनि सिमित मदरसाले पाउंदै आएको उहांको आरोप छ । नेपालको संबिधानले दिएको अधिकार अनुसार आफनो धर्म संस्कृति रक्षा गर्न खोलिएका मदरसाहरु संचालन गर्न अतिनै कठिन परिरहेको छ ।
यस बिषयमा सरोकारवाला र राज्यले कुनै चांसो नदिएको उहांको भनाइ रहेको छ । नेपाल सरकारले मदरसालाई हेर्ने दृष्टिकोण प्रशंसा योग्य नभएको र पढेका प्रमाणपत्रले कुनै मान्यता नपाउने भएकाले जायज अधिकार प्राप्त गर्न कठिन भएको कपिलबस्तुको कृष्णनगरमा रहेको नेपालको सबभन्दा ठुलो मदरसा जामिया सिराजुल उलुम झन्डेनगर नेपालका सदस्य तथा राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनि अल उफिले बताउनु भयो ।
त्यस्तै जिल्ला शिक्षा कार्यालयका सुर्य भुषालले नेपाल सरकारबाट अनुमती प्राप्त भएका सबै मदरसाले छात्राबृत्ति पाएको तर धार्मिक रुपमा संचालन भएका मदरसाले एक मुष्ट १ लाख ८८ हजार मात्र रकम पाउने भन्दै यदि कुनै मदरसाले नपाएको भए जिल्ला शिक्षा कार्यालयमा आउन अनुरोध गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्