काठमाडौँ, २३ फागुन । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको आयोजना तथा सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड र रिकभरिङ नेपालको सहयोगमा होटल याक एण्ड यतिमा लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखीकरण कार्यक्रम शुरू भएको छ ।
उक्त कार्यक्रमको सोही होटेलमा आइतबार आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले उद्घाटन गरे । उद्घाटनका अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले लागूऔषध प्रयोगकर्ताले समाज, देश तथा स्वयंलाई नोक्सानी पुर्याघएकाले यससँग सम्बन्धित संघ संस्था तथा पुनर्स्थापना केन्द्र र कानुन कार्यान्वयन गर्ने निकाय बिचमा सहकार्य र समन्वय हुनुपर्ने बताए ।
एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रका सिनियर पब्लिक हेल्थ अफिसर नन्दराज अवस्थी, गृह मन्त्रालय लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख उपसचिव अर्जुन भण्डारी, सेभ द चिल्ड्रेन/ग्लोबल फण्डका डेपुटी चिफ अफ पार्टी राजन भट्टराई र रिकभरी नेपालका प्रमुख कार्यकारी अधिकृत विष्णु शर्मा फुँयालले समेत आ–आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा महानगरीय प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट १५ जना र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट ५ जना गरी जम्मा २० प्रहरी अधिकृतहरूको सहभागिता छ ।










प्रतिक्रिया दिनुहोस्