समाचार

बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते



दैलेख, २७ फागुन । दैलेको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने१६ जना घाइते भएका छन् ।

आज कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना हुदा गाडी सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोकाे साविक भर्ती गाविस वडा नम्बर ९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।