समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ



इनरुवा, २८ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट एक जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

बिहीबार वन्यजन्तुको सिकार गर्ने क्रममा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राईलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले उनलाई पक्राउ गरेको र अन्य चार जना भने फरार रहेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।