Banner News

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ताको कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आज महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा गरेको काम समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको हो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहका बीच पेश गरिएको हो ।