काठमाडौँ, २९ फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले सामानान्तर संरचना बनाउँदै प्रदेश संयोजकहरु मनोनीत गरेका छन ।
उक्त बैठकले प्रदेश नम्बर-१ को संयोजकमा भीम आचार्य
प्रदेश नम्बर-२ मा घनश्याम भुसाल
वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य
गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको नेता विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार बैठकले युवा विभाग संयोजनको जिम्मेवारी रघुजी पन्तलाई, विद्यार्थी विभाग संयोजनको जिम्मेवारी गोकर्ण विष्टलाई, प्रचार-प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई, महिला विभाग संयोजनको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ ।










प्रतिक्रिया दिनुहोस्