काठमाडौँ, २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले आफूहरू सही विचार र राजनीति र नेतृत्व छोडेर सांसद र मन्त्री पद जोगाउन नलाग्ने बताएका छन ।
आज काठमाडौँमा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको बृहत् राष्ट्रिय भेलामा बोल्दै मन्त्री रायमाझीले राष्ट्रवादी र विकास प्रेमी नेतृत्वलाई अपदस्त गर्ने खेल चलेपछि मुलुकलाई अस्थिरताबाट बचाउन सही निर्णय लिएको बताए ।
केपी शर्मा ओलीको राष्ट्रवादी अडान, विकास निर्माणको महाअभियान र राजनीतिक कार्यदिशा सही भएकाले आफूहरू माओवादी केन्द्रमा नफर्किएको स्पष्ट परेका छन ।










प्रतिक्रिया दिनुहोस्