राजनीति

एमालेले संसदीय बोर्ड गठन: नेपाल र खनाल पनि सदस्य



काठमाडौँ, ५ चैत । नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ ।

दलका नेता, पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा आज वालुवाटारमा वसेको बैठकले संसदीय बोर्डको गठन गरेको हो । बोर्डको सदस्यमा झलनाथ खनाल र माधवकुमार नेपाल पनि सदस्य रहुनभएको छ ।

बोर्ड दलका अध्यक्ष ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड बनाइएको छ । सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई, रघुबीर महासेठसहित २४ जना सदस्य रहनुभएको छ ।