Banner News

सांसद बस्नेतद्वारा आयोजनाको अनुगमनलाई तीव्रता



भक्तपुर, ५ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका १२ वटा आयोजनाहरुको एकै दिन स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (आर्थिक वर्ष २०७७/०७८ को सांसद कोष) अन्तर्गत मध्यपुर थिमी नगरपालिकामा विनियोजित रु. २ करोड बराबरका धमाधम काम भैरहेका १२ वटा आयोजनाहरुको निरिक्षण गर्नुभएको हो ।

रु. दुई करोडको बरावरको रकममा थिमी नगरपालिका अन्तरगत सांसद कोष अन्तरगत बजेट व्यवस्थापन गरी निर्धारित समय तथा लक्ष्य अनुसार निर्माण कार्यलाई सम्पन्न गराउने उद्देश्यका साथ बुधवार सांसद बस्नेतले एकै दिनमा गर्नुभएका १२ वटा आयोजनाहरु निम्नानुसार रहेका छन्,

१. दिव्यश्वरी गणेश मार्ग स्तरोन्नती वडा नं. १ – रु. २० लाख
२. चेतनशिल सामुदायीक भवनको बाँकी काम पुरा गर्ने वडा नं. २ – रु. १० लाख
३. सानो थिमी वन कार्यालय पछाडी सामुदायीक भवन निर्माण वडा नं. २ – रु १० लाख
४. गठ्ठाघर सागबारी मार्ग स्तरोन्नती वडा नं. ३ – २० लाख
५. लायाकु भैल तथा इन्द्रायणी मन्दिर परिसर पूर्वाधार निर्माण वडा नं. ४ – रु २० लाख
६. लिप्चा गणेश पार्टी पुनस्निर्माण वडा नं. ५ – रु २० लाख
७. पार्टी विहारमा अनागरिका भवनको बाकीँ काम पुरा गर्ने वडा नं. ६ – रु २० लाख
८. नगदेश सांस्कृतिक प्रदेश द्वारको बाकीँ काम पुरा गर्ने वडा नं. ७ – रु १० लाख
९. खपलामा प्रवेश द्वार निर्माण वडा नं. ९ – रु २० लाख
१०. देवुबाट कातिगस् जाने बाटो स्तरोन्नती वडा नं. ८ – रु २० लाख
११ वोडे सहयोग टोलबाट पश्चिम मनोहरा खोला जाने सडक स्तरोन्नती वडा नं. ८ – रु ११ लाख ४० हजार
१२. गोपाल मार्ग धुन्छे गहिरो सडक निर्माण वडा नं. ७ – रु १५ लाख

निरिक्षणका क्रममा सांसद बस्नेतले आयोजनाहरुलाई निर्धारित समयमा नै सम्पन्न गर्न निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई निरन्तर सहयोग, साथ तथा खवरदारी रहिरहने बताउनुभयो । अनुगमनका क्रममा उहाँले आयोजना निर्माणमा देखिएका समस्याहरु तथा कमी कमजोरिहरुलाई सुधार्न निर्देशन समेत दिनुभयो । निर्माण समिति, कम्पनी तथा सम्बन्धीत निकायलाई समेत अुनगमन तथा प्रत्यक्ष भेटघाट गर्दा कामप्रति जागरुकताको साथै जनताको विश्वास, भरोसा, कामको प्रभावकारीता, स्थायीत्व तथा दिगोपना समेत हुने भएकाले आफुले जिल्लामा निर्माणाधिन सम्पूर्ण आयोजनाहरुको अनुगमन गर्ने गरेको बताउनुभयो ।

कोरोनाको कारण निर्माणमा केही ढिलाई भएका आयोजनाहरुको निर्माण तथा अनुगमनलाई सांसद बस्नेतको नेतृत्वमा तिव्रता दिइएको छ । आयोजनाको शिलान्यासमात्र नभई धमाधम उद्घाटनका चरणमा समेत धेरै आयोजनाहरु रहेका छन् । जसले गर्दा प्रत्यक्ष रुपमा स्वानीयवासीले देख्ने र भोग्ने गरी जनअपेक्षा अनुसार कामहरु भइरहेका छन् । जसले गर्दा सांसद बस्नेतले निर्वाचनको समयमा जनतामाझ गर्नुभएका प्रतिवद्धताहरु तीन वर्षमा नै प्रायः पुरा भइसकेका छन् । अबको दुई वर्ष भक्तपुरको विकास र समृद्धिको यात्रामा बोनसको रुपमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । आगामी दिनमा जनताको साथ साथमा रही जनताको समस्यालाई समाधान तथा आगामी दिनमा भक्तपुरलाई नेपालकै नमुना जिल्लाको रुपमा स्थापीत गर्न योजनावद्ध रुपमा अगाडी बढ्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

अनुगमनका क्रममा सांसद बस्नेतको साथमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, उपभोक्ता समितिका सदस्यहरु, स्थानीयवासी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।