समाचार

आज काठमाडौँका यी स्थानमा बिजुली कटौती हुने



काठमाडौँ, ७ चैत । आज काठमाडौँका विभिन्न स्थानमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रको बत्तिसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो चार बजेसम्म बिजुली कटौती हुनेछ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिकरणको सूचना छ ।

यस्तै कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने भएको छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।