मकवानपुर, ९ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासकै स्थापीत हुनुभएको बताउनुभएको छ ।
नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाद्वारा आयोजित पार्टी कार्यालय उद्घाटन तथा गाउँपालिका भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रियताको सवालमा भिमशेन थापा, पृथ्वी नारायण शाह, राजा महेन्द्र पछाडी मुलुकको राष्ट्रियताको अभियानलाई जोगाउन सक्ने, विकास र समृद्धिको नेतृत्व गर्ने नेता ओली भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आउँदो पुस्तालाईसमेत मुलुकको विकास र समृद्धिको यात्राको मिसन र भिजनको उपहार दिनुभएको उल्लेख गर्दै नेता बस्नेतले रेलमार्ग, सुरुङमार्ग, जलमार्ग तथा चाइनासँगको पारवाहन सन्धी लगायतका पछिल्लो नेपाली पुस्तालाई उपहार प्रदान गर्नुभएको र वर्तमानका युवा पुस्ता तथा भविष्यका पुस्ताले समेत उक्त कुराहरुलाई दृढताका साथ रक्षा तथा व्यवहारिकतामा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपालको इतिहासमा मदन भण्डारी तथा मनमोहन अधिकारी पछाडी एमालेको विचार र कार्यक्रमलाई सहि ढंगले नेतृत्व गर्ने वैचारीक नेता प्रधानमन्त्री ओली रहनुभएको समेत उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डलगायतका विरोधी नेताहरुले ‘अन्तर्राष्ट्रिय स्तर, सेना, अदालतलगायतमा सेटिङ गरेको, प्रहरी प्रशासनलाई प्रभावमा पारेको’ भन्ने गलत हल्ला फैलाएको आक्रोस जनाउँदै उहाँले सोही गलत कुराहरुका सम्झौता गरी मुलुकलाई तहसनहस बनाउने पात्र वर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध रहेको स्पष्ट पार्नुभयो । गलत कुराहरुको सम्झौता नगर्ने तथा राष्ट्रियताको पक्षमा दृढताका साथ उभिने नेता तथा विर पुरुष तथा क्रान्तिकारी योद्धाको रुपमा प्रधानमन्त्री ओली स्थापीत हुनुभएको बताउनुभयो ।
टनकपुर, लाउडा काण्डलगायतका सन्धी सम्झौताको कडा रुपमा विरोध गरी राष्ट्रियताको पक्षमा वकालत प्रधानमन्त्री ओलीले गर्नुभएको तथ्यहरु स्मरण गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा व्यवस्था परिवर्तनका साथै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वभिमान, स्वाधिनता तथा नेपाली भूमि रक्षाको पक्षमा प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिकालाई आगामी पुस्ताले समेत भूल्न नसक्ने दावी गर्नुभयो । भावि पुस्ताले विर्सन नसक्ने मात्र नभई अनुकरणीयको साथमा मार्गनिर्देशको समेत आधार तयार गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वैदेशीक साम्राज्यवादी शक्तिहरुले नेपालको भूमिलाई अन्तर्राष्ट्रिय रुपमा खेलमैदान बनाउने र विभिन्न प्रकारका चलखेलहरु गर्ने प्रकारका गतिविधिलाई रोक्न सक्ने, राष्ट्रियतालाई मजवुत बनाउन सक्ने, गुमेको नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको जमिन फिर्ता ल्याउन सक्ने, नेपाली हुँ भनि विश्वभर उच्च शिरका साथ उपस्थित गराउन सक्ने पार्टी एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओली एक चट्टानी अडानका साथ दृढतापूर्वक नेपाल र नेपालीको पक्षमा अडिक र अटल रहनुभयो । जसले गर्दा आगामी पुस्ताका जनताले समेत विकास र समृद्धिको यात्रालाई निर्धारित लक्ष्यमा पुर्याउन तथा राष्ट्रियताको सवालमा सिक्न र ग्रहणयोग्य बनेको छ ।’
एमाले तथा एमालेका नेतृत्वले नेपालको असंख्य परिवर्तनको साक्षि बसेको र त्यो परिवर्तनका लागि आ–आफ्नो तर्फबाट संघर्ष र वलिदानी दिएको स्मरण गर्दै नेता बस्नेतले एमालेले लिएको मार्गदर्शक सिद्धान्तको रुपमा रहेको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तले आत्मसात् गरेको नेपाल कम्युनिष्ट पार्टी एमाले मुलुकलाई परिवर्तनको बाटोमा अगाडी बढाउन सक्ने दावी गर्नुभयो ।
माधव कुमार नेपाल तथा झलनाथ खनालले नेतृत्व गरेको समयमा एमालेलाई दयनीय अवस्थामा पुर्याई पार्टीलाई ध्वस्त बनाउने बाटोमा हिडाएको सविस्तार प्रस्तुत गर्दै उहाँले वर्तमान समयमा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी नआएको भए एमाले विवेक मरेको, गतिहिनता, शुन्यतामा गई समाप्तीको दिशामा गएको हुने अवस्था सिर्जना गरिएको भन्दै आक्रोस जनाउनुभयो ।
नाकावन्दीमा शिर नझुकाई डटेर सामना गरी राष्ट्रियताको सवालमा विश्वसामु अटल रहेको चिनाउनु सफल प्रधानमन्त्री ओली रहेको उल्लेख गर्दै नेता बस्नेतले प्रधानमन्त्री ओली विकास र समृद्धिको लागि विगत, वर्तमान तथा भविष्यको आधारको रुपमा स्थापीत हुनेभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकै दिनमा ३९६ वटा अस्पताल, भुकम्पपछि सात लाख घर पुनः निर्माण सम्पन्न भएको छ । रेलमार्ग, सुरुङमार्ग, जलमार्ग, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमका माध्यमबाट युवाहरुलाई रोजगारी, सहुलियत दरमा ऋणी, प्रमाणपत्रको आधारमा ऋण, आत्मनिर्भरताको अभियानलगायतका कुरामा प्रधानमन्त्री ओलीले तथ्यगत रुपमा देखाउनुएको छ । विप्लव, सिके राउतलगायतका मुलुकमा अशान्तिको बाटोमा लागेकालाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएको छ । जसले गर्दा नेपाल शान्तिको मूलुकको रुपमा रुपान्तरण भएको छ ।’
एमाले वस्तुनिष्ट पार्टी भएकाले कांग्रेसले मुलुकभर चुनौति दिन नसक्ने उल्लेख गर्दै उहाँले भष्मासुर प्रचण्ड–माधव नेपाल एमालेलाई चुनौति दिन लागेको आक्रोस जनाउनुभयो । प्रचण्ड चुनावमा सुनामी ल्याउछु भन्दै हिड्ने व्यक्ति वर्तमान समयमा आइपुग्दा खरानी भएको तथ्य प्रस्तुत गर्दै उहाँले भष्मासुर प्रचण्डको हातलाई उसकै टाउकोमा राखेर उसलाई नै भष्मासुर बनाउने अभियानमा लागेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्