समाचार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु



अछाम, १० चैत । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति मोबाइल चार्ज गर्ने क्रममा मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षिया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । सपना कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने विद्यार्थी थिइन् ।