मोरङ, १० चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।
आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा बोल्दै उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताएका हुन् ।
देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’ कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्