Banner News

थप १५६ जनामा कोरोना संक्रमण, ७० जना डिस्चार्ज



काठमाडौँ, १३ चैत । थप १ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय ९९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना रहेको छ । आज ४ जनाको भसगैए आजसम्म मृत्यु हुनेको संख्या ३ हजार २४ जना पुगेको छ ।